समाचार
सेवाहरु
कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।
- मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
 - सूचकको सहिछाप सहितको सूचना फाराम,
 - सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
 - मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
 - स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।
 
कुनैपनि व्यक्तिको जन्मदर्ता गर्न देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछ ।
- आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
 - स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
 - घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।
 
यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।
स्थानीय वडामा विवाह दर्ता गराउँदा देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
 - दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
 
यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।